जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न

सम्वादाता | २०८२ असार ८ गते ०१: २८ मा प्रकाशित

वीरगञ्ज । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित वीरगञ्जमा जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
    नेपाल एतिम क्योकुशिन संघ फुल कन्टेक्ट करातेको आयोजनामा सम्पन्न प्रतियोगिता संघका अध्यक्ष राजकुमार महतोको अध्यक्षता र वीरगञ्ज महानगरपालिका–११ का वडा अध्यक्ष अजय चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथि चौरसियाले प्रतियोगिताको व्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
    प्रतियोगितामा विभिन्न तौल समूहका करिब १०० जना खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य प्रशिक्षक धन्नजय मिश्रले खेलाडीहरूलाई प्रशिक्षण तथा निर्देशन दिएका थिए ।
    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पत्रकार जगत राई, राकेश साह, आरोहण साह र राजन सिंहले प्रमाणपत्र वितरण गरेका थिए ।
    प्रतियोगिताले जिल्लामा खेलकुदको विकास गर्नुका साथै युवाहरूको प्रतिभा उजागर गर्न टेवा पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।
    कार्यक्रम पर्सा सिपमुकल तालिम केन्द्रको आयोजनामा तथा जिल्ला खेलकुद विकास समिति, पर्साको प्रांगणमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण विशेश्वर पटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्