एनपीएल अक्सनमा १ सय ५० खेलाडीमाथि बोली लाग्ने

सम्वादाता | २०८२ सावन २२ गते ०१: १२ मा प्रकाशित

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीको अन्तिम सूची सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार अक्सनको लागि १ सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा गरेको हो ।

यसअघि अक्सनको लागि ४ सय ५८ जना खेलाडीले नाम दर्ता गराएका थिए । एनपीएलमा सहभागी आठ टोलीले किन्न चाहेको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सूची सार्वजनिक गरिएको हो । अन्तिम सूचीमा खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ ।

क्यानले सार्वजनिक गरेको सूचीको श्रेणी ए मा आठ खेलाडी रहेका छन् । जसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम परेका छन् ।

त्यस्तै श्रेणी 'बी' मा अर्जुन कुमाल, दीपक बोहोरा, प्रज्वल थापालगायत ३५ तथा श्रेणी 'सी' मा १ सय ७ जना खेलाडी रहेका छन् । एनपीएलको मिनी अक्सन साउन २४ गते अक्सन हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्