टप एण्ड टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेर बलिङ रोज्यो

सम्वादाता | २०८२ सावन ३१ गते ०२: ४६ मा प्रकाशित

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा भइरहेको टप एण्ड टी–२० सिरिजको उद्घाटन खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले पहिला ब्याटिङ गर्दै खेलको सुरुवात गर्नेछ।

अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड–२ मा आज सम्पन्न टसमा नेपाली कप्तान रोहितकुमार पौडेलले टस जित्दै बलिङ रोजेका हुन्। नेपालको प्लेइङ–११ मा कप्तान रोहितसँगै विकेटकिपर आसिफ शेख, लोकेस बम, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, रुपेश सिंह, सोमपाल कामी, सन्दीप लामिछाने र शाहब आलम रहेका छन्।

नेपालले पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएको हो। ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप टप एण्ड टी–२० सिरिजमा सहभागी भएको नेपालसँगै प्रतियोगितामा विभिन्न ११ टोली प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्