भारतको ऐतिहासिक पहिलो महिला विश्वकप जीत

वीरगंज । अपार अपेक्षाको दबाबबीच पनि भारतले साहस देखाउंदै दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक रूपमा पहिलो पटक महिला विश्वकप जितेको छ । ४५ हजार दर्शक क्षमता भएको खचाखच भरिएको र उत्साहले भरिएको मैदानमा वर्षाका कारण दुई घण्टा ढिलो सुरू भएको खेलमा कुनै ओभर घटाइएन र नवी मुम्बईमा सम्झनलायक रोमाञ्चक फाइनल सम्पन्न भयो ।
पहिले ब्याटिङ गर्दै भारतले ७ विकेट गुमाएर २९८ रनको प्रतिस्पर्धी योगफल बनायो । सलामी ब्याटर शफाली वर्माले ७८ बलमा ८७ रनको जोशिलो इनिङ खेलिन् भने दीप्ति शर्माले ५८ रन जोडिन्, जसले दक्षिण अफ्रिकालाई कीर्तिमानी लक्ष्य दिएर दबाबमा पा¥यो । 
कप्तान लाउरा वोल्भाड्र्टले ९८ बलमा लगातार दोस्रो शतक बनाइन् । जसले दक्षिण अफ्रिकालाई अन्तिम १० ओभरमा ८८ रन चाहिंदै २११–६ सम्म पु¥यायो । तर उनको विकेट, दीप्तिको बलमा अमनजोत कौरले डीप मिड, विकेटमा लिएको जुगलिङ क्याचनै खेलको निर्णायक क्षण बन्यो । त्यसपछि भारतले पूर्ण नियन्त्रण लियो र मध्यरात कटिसकेको भए पनि दर्शकहरूले अन्तिम बलसम्म मैदानमा रह“दै गर्जना गरे ।
दक्षिण अफ्रिकाका लागि यो तेस्रो लगातार फाइनल हार बन्यो । अघिल्ला दुई टि–२० विश्वकप फाइनलमा पनि उनीहरू असफल भएका थिए । घाइते प्रतिका रावलको स्थानमा सेमिफाइनलदेखि टोलीमा फर्किएकी शफाली वर्माले ब्याटिङमा मात्र होइन, बलिङमा पनि २–३६ को उत्कृष्ट प्रदर्शन गरिन् । तर मुख्य नायिका दीप्ति नै बनिन् । उनले ५–३९ को फाइभ विकेट हांलसहित खेललाई भारतको पक्षमा निर्णायक रूपमा मोडिन् । तीन समूह चरणका खेल लगातार हारेपछि फाइनलसम्मको भारतको यात्रा अविश्वसनीय पुनरागमन बन्यो । डाय वाई पाटिल स्टेडियमका उत्सवमय दृश्यहरूले संकेत गरे । यो जितले भारतमा महिला क्रिकेटको नयां युगको सुरूवात गर्न सक्छ ।
निडर शफाली वर्माको उत्कृष्ट इनिङ
दुवै टोली पहिलो विश्वकप उपाधिको खोजीमा थिए। खेलअघि सबैले सोधेका थिए — कसले दबाब सहन सक्छ ? वर्षाका कारण ढिलो सुरू भए पनि ब्याटिङमैदान ब्याट्सम्यानमैत्री रह्यो । स्मृति मन्धाना र शफालीले पावरप्लेमा सहजै ६४ रन जोडे ।
दक्षिण अफ्रिकाका बलरहरू दबाबमा परेका देखिन्थे — धेरै चौडा बल, सजिलो रन — र बलपकडमा पनि उनीहरूले पांच क्याच झारे । एन्नेके बोशले शफालीलाई ५६ रनमा ड्रप गर्दा खेलको दिशा नै बदलियो । दीप्तिलाई पनि दुई पटक ड्रप गरिएको थियो । शतक गुमाउंदा शफालीको अनुहारमा निराशा झल्किएको थियो, तर उनको ८७ रनको पारीले भारतको पारीलाई गति दिएको थियो र मन्धनामाथिको दबाब घटाएको थियो । जेमिमा रोड्रिगेज २४ रनमै आउट भइन्, तर दीप्तिले इनिङ सम्हालिन् र ऋचा घोषले अन्त्यतिर २४ बलमा ३४ रनको आतिशी पारी खेल्दै स्कोरलाई २९८ सम्म पुर्याइन् ।
अन्तिम १० ओभरमा मात्र ६९ रन थप्दा भारत अलिक असन्तुष्ट थियो, तर ३३९ रनको सेमिफाइनल चेज सम्झंदा त्यो पनि ठुलो लक्ष्य थिएन ।
दीप्तिको पांच विकेटले वोल्भाड्र्टको शतकलाई ढाक्यो
दक्षिण अफ्रिकाको आशा कप्तान लाउरा वोल्भाड्र्टमा निर्भर थियो, जसले इंग्ल्यान्डविरूद्ध सेमिफाइनलमा १६९ रनको इनिङ खेलेकी थिइन् । उनले फाइनलमा पनि आफ्नो लय दोहोर्याइन्, सुन्दर शट्स र संयमसहित । तर अमनजोतको चकित पार्ने रनआउटले पहिलो झड्का दियो । त्यसपछि श्री चरनीले एन्नेके बोशलाई शून्यमा एलबीडब्लु गरे । हर्मनप्रीतले अनपेक्षित रूपमा शफालीलाई बलिङ दिइन् र उनले खेलको पासो पल्टाइन् । लुसलाई क्याच र बोल्ड गरी, अर्को ओभरमा म्यारिजान क्यापलाई क्याच गराइन् ।
एनेरी डर्कसेनले ३५ रनको सानो तर उपयोगी इनिङ खेलेकी थिइन् तर दीप्तिको बलमा बोल्ड हुंदा रनरेट बढ्यो । दबाबमा वोल्भाड्र्टले पनि आक्रामक शट खेल्न खोज्दा अमनजोतको तीन प्रयासपछि समातिएको क्याच बन्यो निर्णायक मोड । दीप्तिले अन्तिम विकेटका रूपमा नादिन डे क्लर्कलाई आउट गरिन् र क्याच कप्तान हर्मनप्रीतले लिईन् ।

प्रतिक्रिया दिनुहोस्