क्रिकेट विश्वकपको उपाधिबाट चुक्यो नेपाल

कोलम्बो। कोलम्बोमा सम्पन्न ‘पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल भारतसँग सात विकेटले पराजित हुँदै उपविजेता बनेको छ। उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालको ऐतिहासिक यात्रालाई भारतले फाइनलमा रोकिदिएको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११४ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। नेपालका लागि सरिता घिमिरेले सान्दर्भिक ३५ रन (नटआउट) योगदान दिँदै इनिङ्स सम्हालिन् भने बिमला राईले २६ रन बनाइन्।

जवाफमा भारतीय टोलीले १२.१ ओभरमै लक्ष्य पूरा गर्दै उपाधि आफ्नो बनायो। भारतका लागि करुणा के ले २७ बलमा आक्रामक ४२ रन प्रहार गरिन्। त्यस्तै फुला सरीनले २७ बलमै ४४ रन जोड्दै उत्कृष्ट प्रदर्शन गरिन्, जसमा चार चौका पनि समावेश थिए।

नेपाल उपविजेता बने पनि प्रतियोगिताभर देखाएको प्रदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा मिलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्